थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज

थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज
हैदाराबाद, १८ जेठ । थाइल्याण्डकी २१ वर्षीया ओपल सुचता चुआङ्श्रीले मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छिन् । हैदरावादको हाइटेक्स प्रदर्शनी केन्द्रमा १०८ देशका प्रतियोगीहरू बीचमा भएको यो प्रतियोगितामा सबैलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । मिस वर्ल्ड २०२४ क्रिस्टिना पिज्कोभाले ओपल सुचतालाई आफ्नो मुकुट प्रदान गरेकी छन् । मिस वर्ल्ड रनरअप इथियोपियाकी ह्यासेट डेर्जे थिइन् भने सेकेन्ड रन...

प्रज्ञा स्मृति शारीरिक सुगठन जेठ २४ मा

प्रज्ञा स्मृति शारीरिक सुगठन जेठ २४ मा
प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आगामी जेठ २४ गते काठमाडौंमा हुने भएको छ। प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा आगामी शनिबार महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुन लागेको हो। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उक्त प्रतियोगिताका खेलहरू आयोजना हुनेछन्। प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा स्थापित सामाजिक संस्था प्रज्ञा स्मृति प...

५ करोड ५० लाखमा बन्ने भयो दिखुवा खोलामा पुल

५ करोड ५० लाखमा बन्ने भयो दिखुवा खोलामा पुल
खोटाङ, १७ जेठ खोटाङको सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने दिखुवा खोलामा मोटरेबल पुल बन्ने भएको छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा पर्ने दिखुवा खोलामा बन्ने पुलका शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले शिलन्याश गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा मोटरेबल पुल नहुँदा बर्खामा सवारी साधान आवतजावतमा समस...

सीटी सफारी भित्र किशोरीहरुलाई देखाउँदै हस्तमैथुन गरेर भागेका ‘मासुम’ १० महिनापछि पक्राउ

सीटी सफारी भित्र किशोरीहरुलाई देखाउँदै हस्तमैथुन गरेर भागेका ‘मासुम’ १० महिनापछि पक्राउ
विराटनगर — किशोरीहरुलाई देखेपछि सार्वजनिक स्थलमै यौनजन्य गतिविधि गर्ने एक युवकलाई मोरङ प्रहरीले १० महिनाको प्रयासपछि पक्राउ गरेको छ। बिहीबार साँझ विराटनगर–३ स्थित एक होटल बाहिर किशोरीहरूप्रति उस्तै हर्कत दोहोर्‍याएपछि स्थानीयले नियन्त्रणमा लिएर ती युवकलाई प्रहरीको जिम्मा लगाएका हुन। प्रहरीका अनुसार ती युवक २१ वर्षीय युनुस सैजाद (मासुम) हुन। उनले गत ११ भदौमा रथयात्राको दिन सार्वजनिक सिटी सफार...

खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु
पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार गत असोजदेखि जेठ ४ गतेसम्म यो क्षेत्रभित्र यति धेरै पर्यटकले मृत्यु भएको हो। जिल्ला प्रहरीका सूचना अधिकारी विकास राईका अनुसार अधिकांश पर्यटकको मृत्यु लेक लाग्ने, मुटुसम्बन्धी समस्या तथा प्रतिकूल मौसमका कारण भएको छ। मृत्यु हुनेमध्ये जापान, अष्ट्रेलिया, भारत, सिङ्गापुरका दुई...

नारायणहिटीसहित यी क्षेत्रमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला निषेध

नारायणहिटीसहित यी क्षेत्रमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला निषेध
राजावादीको आन्दोलनलाई ध्यानमा राखेर सरकारले नारायणहिटी दरबार संग्रहालयवरपरका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौंका केही क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गर्ने आदेश जारी गरेका हुन्। जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार शनिबारदेखि असार २४...

‘पत्रकारिताको गरिमा जोगाउन गम्भीर बन्नुपर्छ’

‘पत्रकारिताको गरिमा जोगाउन गम्भीर बन्नुपर्छ’
काठमाडौं, जेठ १६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अहिलेको अवस्थामा पत्रकारिताको गरिमा जोगाउने चुनौती भएकाले सम्पादकहरू बढी जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालद्वारा आयोजित पुस्तक लोकार्पण तथा सम्पादक संवाद कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो । पत्रकारिताको सम्पत्ति भनेको विश्वसनीयता भएकाले त्यसलाई नबिर्सन उहाँले सम्पादकहरू सँग आग्रह गर्नुभयो । ...

ज्यान मुद्दामा सफाइ पाएका काँग्रेस नेतालाई मस्तिष्कघात

ज्यान मुद्दामा सफाइ पाएका काँग्रेस नेतालाई मस्तिष्कघात
ज्यान मुद्दामा अदालतले सफाइ दिएपछि अस्ति जेलबाट छुटेका नेपाली काँग्रेसका नेता अफताब आलमलाई मस्तिष्कघात भएको छ । दिउँसो माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएका उनको आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ । जिउँदो मान्छेलाई इट्टाभट्टामा हालेर मारेको अभियोगमा रौतहट जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका उनी उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासको आदेशले बुधबार रिहा भएका थिए । नख्खु कारागारब...

जेठ १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

जेठ १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे,...

तीन अधिकारीको सरूवाले विवादमा तानिए गृहमन्त्री लेखक

तीन अधिकारीको सरूवाले विवादमा तानिए गृहमन्त्री लेखक
काठमाडौं। भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धान गरिहेका बेला गृहमन्त्री रमेश लेखक एकपछि अर्को सरूवामा विवादमा पर्न थालेका छन्। उक्त प्रकरणको नेतृत्व गरिरहेका अख्तियारको प्रहरी महाशाखा प्रमुख हिमालयकुमार श्रेष्ठलाई त्यहाँबाट सरूवा गरेपछि गृहमन्त्री लेखकको भूमिका झनै शंकास्पद देखिएको टिप्पणी हुन थालेको छ। अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय (...