सूर्यको संगीतमा प्रमोद खरेलको ‘निष्ठुरी’ सार्वजनिक
काठमाडौं । संगीतकार तथा गायक सूर्य राईको संगीतमा तयार भएको नयाँ गीत ‘निष्ठुरी’ सार्वजनिक भएको छ। लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा गीत सार्वजनिक भएको हो। गीतले प्रेम, विछोड र प्रियजनको सम्झनामा छटपटाइरहेको मनको भावलाई प्रस्तुत गरेको छ।
प्रेममा आफूले भोगेको पीडा र बिछोडपछिको एक्लोपनलाई गीतका शब्दमार्फत अभिव्यक्त गरिएको छ। प्रेममा परेको व्यक्तिको सम्झना र विरहको भावलाई गीतले व्यक्त गर्छ। गीतको...









