सात वर्षको अवधिमा पूर्वाधार निर्माणमा फड्को मारेको –मन्त्री राई
मोरङ, ३ असार ः कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले विगत सात वर्षको अवधिमा प्रदेशमा भौतिक पूर्वाधार संरचना निर्माणले फड्को मारेको बताउनु भएको छ ।
प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र नेपाल पत्रकार महासंघ कोशीद्वारा आज यहाँ आयोजित ‘सञ्चार माध्यम मार्फत उत्पादन, बजार र पूर्वाधार विकासको अन्तर सम्बन्धी बहस कार्यक्रमको उद्घाटन गर्दै उहाँले पहाडी क्षेत्रमा सडक निर्माणले त्...









