‘मन चोर्नेहलाई कहाँ दिउँ उजुरी’ भन्दै आए डी.बी. गुरुङ
काठमाडौं । चर्चित गायक तथा संगीतकार डी.बी. गुरुङको आवाजमा ‘मन चोर्नेलाई कहाँ दिउँ उजुरी’ बोलको मौलिक कौडा गीतको भिडियो सार्वजनिक भएको छ । यस अगाडि सयौं गीतमा आवाज दिएर चर्चामा रहेका गायक गुरुङले पछिल्लो कौडा भाकाको गीत सार्वजनिक गरेका हुन् ।
उक्त गीतमा राजकुमार बगरको शब्द तथा लय रहेको छ । गीतको भिडियोमा रीता तामाङ, प्रताप सुनुवार, बिनोद राजथला, अमृत राजथला र भवानी प्रसाद कार्की लगायतका कलाकार...









