काठमाण्डाै – काठमाण्डौको तीनकुने घटनामा जिल्ला अदालतले थुनामा राख्न आदेश दिएका ७ जनालाई आज डिल्लीबजार कारागार चलान गरिएको छ ।
दुर्गा प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई कारागार लगिएको हो । काठमाण्डौ जिल्ला अदालतले गएराति ७ जनालाई थुनामा राख्न र अरू ३२ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
गएको चैत १५ गते प्रसाईंको नेतृत्वमा तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा दुई जनाको ज्यान गएको थियो । यस्तै निजी घर, सरकारी गाडीसँगै जडीबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।