काठमाडौं । स्रष्टा राजबाबु श्रेष्ठ सागरद्वारा लिखित कथासङ्ग्रह ‘फिर्दोसको साँचो’को लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा करिब २५० साहित्यकारहरूको सहभागितामा निकै भव्य र सभ्य रूपमा ससम्पन्न भएको हो ।

‘इन्डिगो इन्क’ प्रकाशनको आयोजनामा भएको उक्त कार्यक्रममा विना सभाध्यक्ष र विना प्रमुख अतिथिकै सम्पन्न भएको नेपाल ऐतिहासिक रूपमा नै यो पहिलो साहित्यिक लोकार्पण कार्यक्रम हो । साथै सहभागी हुने ९५ प्रतिशत जति सबैले पुस्तका किनेर लेखकसँग हस्ताछर गराइरहेका रहरलाग्दा दृश्य पनि देखिएको थियो। उक्त लोकार्पण कार्यक्रम राष्ट्रिय गानबाट सुरु हुँदै स्वागत मन्तव्य कथाकार तथा समालोचक डा. अशोक थापाले गरेका थिए । ‘राजबाबुको पाण्डुलिपि प्रथम पटक मैले नै हेरेकोले मलाई उनको कथा लेख्ने शैली र कथालाई समाख्यान गर्ने तरिका मन परेको हुँदा ‘खामभित्रको चिठी’ कथा मागी प्रज्ञाप्रतिष्ठान समकालीनमा छपाएको थिएँ । त्यसैले राजबाबुजीको आख्यान लेखनमा निकै राम्रो उज्वल भविष्य देखेको छु’ भन्दै आफ्नो राय व्यक्त गरे ।

उक्त लोकार्पण कार्यक्रममा तीनजना वक्ता वरिष्ठ समालोचक प्रा. डा. रामप्रसाद ग्यावाली, प्रा. डा.अर्चाना थापा, समालोचक स.प्रा. अनुपमा रेग्मी, स.प्रा. डा. अशोक थापा, स्रष्टा राजबाबु श्रेष्ठ सागरले संयुक्त रूपमा नै ‘फिर्दोसको साँचो’को लोकार्पण गरेका थिए । कृति ‘फिर्दोसको साँचो’को बारेमा बोल्दै प्रथम वक्ता समालोचक अनुपमा रेग्मीले यस सङ्ग्रहभित्र निकै सशक्त कथाहरू भएका र विभिन्न कोणबाट चित्रण गरिएका हुँदा थोरै समयभित्र कथालाई न्याय गरी बोल्न नसकिने विचार व्यक्त गर्दै यस कथाभित्र लेखकका निकै गहिरो र विभिन्न कोणबाट उत्पीडन, जातीय विभेद, लैङ्गिक विभेद र स्वेरकल्पनाको सशक्त नयाँ प्रयोग शैलीका लेखनले गर्दा पनि पाठक पठनमा आकर्षित हुन्छन् भन्ने कुरामा जोड दिँदै आफ्नो राय व्यक्त गरिन् ।

दोश्रो वक्ता वरिष्ठ समालोचक डा.अर्चाना थापाले ‘मलाई बुझेर पढ्न अलि समय लाग्ने हुँदा, समयमा मेरो हातमा पुस्तक नपर्दा न्याय गरी पढ्न पाएको छुइनँ भन्दै उहाँका सबै कथाहरू राम्रा छन् । कथाहरूमा प्रशस्तै स्वेरकल्पना प्रयोग गरी अन्तमा पाठकलाई झसङ्गै पार्ने कला मलाई निकै मन पर्यो भन्दै तर नारीको सौन्दर्य वर्णन अलि अश्लील पाराले गरिया हो कि त? अब लेख्दा लेखकले कलमलाई थोरै ब्रेक लगाउने हो कि? समग्रमा सबै कथाहरू सशक्त छन् र उहाँका कथाहरू पढ्दा मलाई सिग्मन्ड फ्रायडको मनोविश्लेषणात्मक सिद्धान्तको याद आयो । यो भनेको ‘मनोविज्ञानको एउटा महत्वपूर्ण धार हो जसले मानिसको व्यवहार, सोच, भावना र सपनालाई बुझ्ने कोसिस गर्छ’ भन्दै आफ्नो संक्ष्प्ति समीक्षत्मक मन्तव्य व्यक्त गरिन् ।

त्यसैगरी वरिष्ठ समालोचक प्रा.डा. रामप्रसाद ग्यवालीले लेखकका रोमान्टिक लेखकत्व परिचय दिँदै कथाहरूमा प्रशस्तै स्वेरकल्पना प्रयोग गर्दै वाद, सिद्धान्त, कहीँ यतार्थवाद र कहीँ अतियथार्वादको शैली प्रयोग भएका छन् भन्दै सङ्गृहीत दश कथाहरूमध्ये सबैभन्दा सशक्त कथा ‘खामभित्रको चिठी’ रहेको बताए । ‘निर्जला’ कथामा सम्पत्ति नभएपछि बाहुनले मात्रै थिचोमिचो गर्ने होइन कि बाहुन जाति पनि निरीह भएपछि दलितहरूको बहुलता र वर्चस्वको कारण उनीहरू पनि हेपिनु र थिचिनु पर्दो रहेछ समाजमा भन्ने कुरा लेखकले राम्रो गरी उजागर गर्न खोजिएको देखिन्छ । धेरै कथाकारहरू कथाको उठान निकै सशाक्त रूपले गर्छन् तर विश्राममा भने सशक्त गर्न सक्दैनन् । त्यसर्थमा भन्दा राजबाबुजी निकै सफल रहेका छन्’ र लेखक कमजोर र पीडितका पछमा झुकाव राख्ने देखिन्छन् भन्दै लेखकले आफ्नो धारलाई पनि पारदर्शी पार्दै जानुपर्छ भन्दै आफ्नो मन्तव्य व्यक्त गरे ।

अन्तमा लेखक राजबाबुले समालोचक प्रा. डा. अर्चना थापाले उठाए सौन्दर्यको सवालमा सूर्य अथवा उज्यालो थियो र त आँखाको निर्माण भएको हो । आँखाको काम भनेको दृश्यपान गर्ने हो । जे देखिन्छ त्यही लेख्ने हो । नारी पात्रलाई चित्रण गर्दा पात्रको सौन्दर्य, चरित्र, घटना, परिवेश र स्थानीय संस्कृति र वर्णन आदीलाई छोपेर लेख्दा कथा आफैमा पूर्ण, रोचक र पठनीय हुँदैन । सर्प हिँड्न त सिधै हिँडेको हुन्छ तर देख्नेले के देख्छ भन्दा सर्प जिग्ज्याग हिँडेको देखिन्छ । त्यो त उसभित्र पकृतिले दिएको सही र सत्य नेचुरल स्वभाव हो । जरुरी छैन, म कुन संस्कार र धर्ममा जन्मिए र हुर्किएँ । जे देख्छु, त्यही लेख्छु र आफूलाई व्यवहारमा पनि खरो उतार्ने कोसिस गर्छु भन्दै आफ्ना प्रथम एकदुई कथाहरू पढ्ने पाठकहरूलाई सम्मान र स्वागत स्वरूप जोड्दार ताली माग्दै बडो रोमाञ्चित पाराले उनले आफ्नो विचार व्यक्त गर्दै कार्यक्रम यहीँ समाप्त भएको घोषणा गर्दछु भन्दै कार्यक्रम समापन गरेका
थियो भने उक्त कार्यक्रम कवि, समालोचक तथा मेडियाकर्मी डा. हेम भन्डारीले निकै सौहार्द रूपमा सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया