काठमाडौँ । राज कुश्मी र सोनी कुश्मीको स्वर रहेको थारु भाषाको मजा आगईल बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक राज स्वयमका शब्द रहेको गीतमा गणेश चौधरी र राजको संगीत रहेको छ । सार्वजनिक गीतमा मोडल लोसिना लामिछानेको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा लोसिनाका अलावा दिप श्रेष्ठ , गणेश चौधरी, चन्द्रा चौधरी, बाबु निरज लगायतको अभिनय रहेको छ । आँफुलाई भन्दा बढी माया गरेकी प्रेमीकाले पैसाका पछि लागेर चोखो माया गर्ने प्रेमीलाई दिएको धोकापछि पाएको दुख र भोग्नु परेको असहज परिस्थितीलाई निर्देशक राजले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । डान्सिगं शैलीमा तयार पारिएको प्रेम, रोमान्स र बिछोडका किस्साहरुले भिडियो समय सान्दर्भिक देखिन्छ । करिब १७ मिनेट लामो गीतको भिडियो रिलिज भएसँगै राम्रो प्रतिक्रिया आईरहेको निर्देशक समेत रहेका राजले बताए । प्रदीप थारुको कोरियोग्राफी, अर्जुन तिवारीको डिओपी तथा बिर बहादुर थारुको सम्पाद रहेको भिडियो आर प्रोडक्सनबाट बजारमा आएको हो ।
थारु भाषाको गीत मजा आगईल रिलिज





























































