काठमाण्डौं
राजनीतिमा प्रवेश गर्नुअघि नै चिकित्सा क्षेत्रमार्फत जनताको दुःख–सुखमा सहभागी बनेका शर्माले मोरङ सहित पूर्वी नेपालमा स्वास्थ्य पहुँच विस्तारमा उल्लेखनीय भूमिका खेलेका छन् । सेवाभाव र जनसम्पर्कले उनलाई राजनीतिमा स्थापित हुन सहयोग पु¥याएको छ । नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा सक्रिय रहँदै आएका शर्माले पार्टीभित्र युवा, व्यवसायी र पेशागत वर्गसँग बलियो सम्बन्ध निर्माण गरेका छन् ।
मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा जेन्जी आन्दोलन पछी अझ सामाजिक क्षेत्रमा सक्रियम रुपमा लागी परेका छन ।
शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेर नेपाली जनतालाई सक्षम बनाउन सक्ने गरी सरकारी पक्षले आफनो योजनालाई अगाडि बढाउनु पर्ने उनले बताए । विशेषगरी ग्रामीण भेगमा स्वास्थ्य सेवा सुधार, युवालाई स्वदेशमै रोजगारी र कृषिमा आधुनिकीकरण उनका प्राथमिकतामा रहेका छन्। स्थानीय तहदेखि केन्द्रसम्म समन्वय गरेर विकासका काम अघि बढाउने प्रतिबद्धता उनले पटक–पटक संसदमा दोहो¥याउँदै आएका छन्।
जनतामाझ सरल, पहुँचयोग्य र काम गर्ने नेताको छवि बनाएका शर्माको राजनीतिक यात्रा सेवाबाट नेतृत्वतर्फ उन्मुख भएको थियो ।
जनताको दुःख–सुखमा सधैं साथ दिँदै आएका डा. सुनिल शर्मा पछिल्लो समय जनतामाझ झन् लोकप्रिय बन्दै गएका छन् । स्वास्थ्य सेवा, सामाजिक सहयोग र मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै अगाडि बढेका डा शर्मा बिरामीको सेवामा निरन्तर सक्रियता देखाइरहेका छन् । भाग्य मा भन्दा कर्ममा विश्वास गर्ने उनी जेन्जीको आन्दोलन पछी जनतामा आएको निरासालाई जनताले पाएका दुख र पिडामा महलम लगाउन लागी परेका छन । सरल स्वभाव भएका उनी विरामीको उपचारका क्रममा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सहजीकरण गर्ने, समयमै परामर्श दिने र आवश्यक सहयोग जुटाइदिने कार्यमा डा. शर्मा अग्रसर देखिन्छन । आफु पनी सामान्य परिवारबाट राजनिती र मेडिकल व्यावसायमा आएको स्मरण गर्दै आफुले गरिवी र पैसाको अभावमा रहेको पिडा बुझेको उनी बताउछन ।
सामान्यदेखि जटिल स्वास्थ्य समस्यासम्मका बिरामीलाई सहज पहुँचमा उपचार उपलब्ध गराउने उनको प्रयासले धेरैको मन जितेको छ । अस्पतालमै मात्र सीमित नभई समुदायस्तरमा पुगेर स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्नु, निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नु र आपत्कालीन अवस्थामा तत्काल सेवा प्रदान गर्नु उनको कार्यशैलीको विशेषता हो।
स्थानीय बासिन्दाहरूका अनुसार डा. शर्मा बिरामीलाई केवल रोगीका रूपमा होइन, परिवारका सदस्यझैं माया र सम्मानका साथ व्यवहार गर्छन्। यही मानवीय दृष्टिकोणका कारण उनी जनतामाझ भरोसाको प्रतीक बनेका छन्। समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै स्वास्थ्य सेवालाई जनमैत्री बनाउने उनको प्रतिबद्धता सराहनीय छ ।
सेवाभाव, समर्पण र निरन्तरताका साथ अगाडि बढिरहेका डा. सुनिल शर्माको सक्रियताले स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ। जनताको भरोसा र समर्थनसहित उनले आगामी दिनमा पनि जनहितका कामलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ ।





























































