सज्जु र कृष्णदेवको सबैलाई छाडेरमा प्रियंका
काठमाडौं । गायक सज्जु मानन्धरले आफ्नो गीत ‘सबैलाई छोडेर‘’लाई पुनः रेकर्ड गरेर दर्शकमाझ ल्याएका छन् । उनको यो गीत २५ वर्ष अघि रेकर्ड भएको थियो । डा। राजु मानन्धरले रचना गरेको यो गीतको पुरानो र नयाँ दुबैमा संगीत तथा संगीत संयोजन जुगल डंगोलको रहेको छ ।
सोमबार बेलुका काठमाडौँमा आयोजित एक समारोहमा उनको यो गीत अग्रज गीतकार–कवि दिनेश अधिकारीले सार्वजनिक गरे । यो गीतको लेखन फरक शैलीको रहेको गीतकार अध...









