सभापति ऋषिकेश पोखरेललाई पितृशोक, ८८ वर्षे पिता रामचन्द्र पोखरेलको निधन
विराटनगर — प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पितृशोकमा परेका छन्। उनका पिता रामचन्द्र पोखरेलको ८८ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो। विराटनगर–८, मधुमारास्थित आफ्नै निवासमा उनी अचानक अस्वस्थ भई निधन भएको परिवारले जनाएको छ।
सामान्यतया हिँडडुल गर्दै आएका पोखरेल साँझ अचानक अस्वस्थ भएपछि परिवारले एम्बुलेन्स बोलाए पनि अस्पताल लैजान नपाउँदै निधन भएको वडा नं ८ का व...









