विद्युत सर्ट भएर लिखुपिके गाउँपालिका कार्यालय भवनमा आगलागी, ग्याँस सिलिण्डर फड्किएर सवै ध्वस्त
विराटनगर– सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालय भवनमा आगलागी भएको छ। आगलागिमा गाउँपालिकाका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन्।
आइतबार दिउँसो करि १ बजे विद्युत सर्ट भएर आगो सल्किएको र आगलागिका कारण खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको गाउँपालिकाकी अध्यक्ष मिना कार्कीले जानकारी दिइन्।
धेरै दिनदेखि काटिएको बिजुली एक्कासी आएपछि सर्ट भएर आगो लागेको उनको भनाई छ। ‘आगोले त्यहाँ भएको सिलिन...









