विराटनगर। नेकपा एमाले विराटनगर महानगर कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विराटनगरको समग्र विकासका मागसहित ज्ञापनपत्र बुझाएको छ। महानगर कमिटीका अध्यक्ष बलराम गिरी (नवीन)का अनुसार, प्रदेशको राजधानी भएर पनि विराटनगर उपेक्षित बनेको भन्दै ध्यानाकर्षण गराइएको हो।
उहाँले डुबान समस्या, पूर्वाधार निर्माण, चक्रपथ, प्रदर्शनी केन्द्र, यातायात सुधार, क्रिकेट रङ्गशाला स्तरोन्नति, केशलिया तटबन्धजस्ता विषय समेटिएको ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।
महानगर कमिटीका सचिव विज्ञान चापागाईंले ज्ञापनपत्रका बुँदाहरू विराटनगरलाई व्यवस्थित, सुन्दर र सुरक्षित बनाउन महत्वपूर्ण हुने धारणा राखे ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले महानगरले उठाएका सबै विषयलाई गम्भीरतापूर्वक लिँदै सरकार तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।





























































