अभिनेता अनमोल केसीविरुद्ध मुद्दा दायर
मोबाइल नम्बर दुरुपयोग कसूरमा युवा पुस्ताका चर्चित अभिनेता अनमोल केसीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
नरेन्द्रबहादुर श्रेष्ठले केसीसहित चलचित्र ‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी र चलचित्र जाँच समितिलाई विपक्षी बनाएर मुद्दा दर्ता गराएका हुन् । उक्त चलचित्रमा आफ्नो मोबाइल नम्बर प्रयोग गरिएको र त्यसमा फोन आउँदा हैरानी एंव मानसिक तनाव भएको श्रेष्...









