विराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका वडा नं १५ कमिटी अध्यक्षमा सगुन ठाकुर सर्वसम्मत चयन हुनु भएको छ। आज सम्पन्न वडा भेलाबाट ठाकुरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत भएको हो ।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा उरुषा शाह र आकाश श्रेष्ठ, सचिवमा संजय मण्डल र सह–सचिवद्वयमा विवेक श्रेष्ठ, मञ्जित यादव र कोषाध्यक्षमा मुस्कान भगत सर्वसम्मत हुनु भएको हो। यस्तै, कमिटी सदस्यहरूमा ओमप्रसाद साह, सागर ठाकुर, रञ्जित साह, सगुन विक, अंशु श्रेष्ठ चयन हुनुभएको महासंघका विराटनगर महानगर कमिटी सचिव विशाल बानियाँले जानकारी दिनु भयो।

वडा भेलामा बोल्दै नेपाल खेलकुद महासंघका कोशी प्रदेश कमिटी अध्यक्ष रोहित कोइरालाले महासंघले आगामी दिनमा वडा कमिटीहरू मार्फत प्रतियोगिता, खेल प्रशिक्षण तथा खेलाडीको संरक्षणमा जोड दिने बताउनु भयो । उहाँले महासंघ कागजी संगठन नभएर मैदानमै काम गर्ने संगठन रहेकोले महासंघका गतिविधिको थालनी वडा कमिटीबाट हुनेपर्ने धारणा व्यक्त गर्नु भयो।

कार्यक्रममा नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य शान्ता श्रेष्ठ, केन्द्रीय विज्ञ आयोगका उपाध्यक्ष दिपेश बास्तोला, नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटी अध्यक्ष जतिन ताम्रकार लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया