बारामा ४३ लाखको राजश्व छलीको सामान सहित ट्रक बरामद
बारा १३ असार । जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले सिमरा–बीरगञ्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजश्व छलीको आशंकामा सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी निरीक्षक जङ कार्कीको कमाण्डमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा बिहीवार साँझ मधेश प्रदेश ०३–००२ ख १४४० नम्बरको कन्टेनर ट्रकलाई रोकी...









