साढे ६ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

साढे ६ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं - प्रहरीले लागुऔषध सेतो हेरोइनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ६५ वर्षीय राकेश वाहाव रहेका छन्। थाई एयरको जहाजमा बैंककबाट काठमाडौं आएका उनलाई शनिबार राति त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जीवन निरौलाले बताए। उनको साथबाट ६.५ किलोग्राम सेतो हेरोइन बरामद भएको निरौलाले बताए। सेतो ...

नेपाल-भारतमैत्री वेलनेस सेमिनारमा स्वदेश–विदेशका विशिष्ट अतिथि, नागरिकलाई स्वास्थ्य लाभ

नेपाल-भारतमैत्री वेलनेस सेमिनारमा स्वदेश–विदेशका विशिष्ट अतिथि, नागरिकलाई स्वास्थ्य लाभ
काठमाडौं - अन्तर्राष्ट्रिय मैत्री समाज नेपाल र रेजुआ हेल्थ केयर, मुम्बई भारतको संयुक्त आयोजनामा ‘नेपाल-भारत प्रेन्डसिप वेलनेस सेमिनार’ सम्पन्न भएको छ। यो सेमिनारले नेपाल–भारतबीचको जनस्तरीय मित्रतालाई थप सुदृढ पार्दै, स्वास्थ्य र वैकल्पिक उपचार प्रणालीप्रति व्यापक जनचेतना फैलाएको छ। गौशाला, पिङलास्थानस्थित होटल बद्रीनाथ, काठमाडौंमा असार २१ र २२ गते दुई दिनसम्म चलेको यस अन्तर्राष्ट्रिय सेमिनार...

विदेश पठाउने बहानामा १ करोड ८० लाख ठगी, रामेछापका फिन्चु लामा पक्राउ

विदेश पठाउने बहानामा १ करोड ८० लाख ठगी, रामेछापका फिन्चु लामा पक्राउ
काठमाडौं - लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड ८० लाख ९३ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भई हाल काठमाडौं-६ बस्ने ३२ वर्षीय फिन्चु लामा रहेका छन्। रोहन भनिने लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो। लामालाई काठमाडौं-१० बाट पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ। लाम...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै
काठमाडौँ- प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदे...

बेलीब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै, हुम्ली जनताको दशकौँको सडक सपना साकार हुँदै

बेलीब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै, हुम्ली जनताको दशकौँको सडक सपना साकार हुँदै
कुन्ती मोक्तानको चर्चित गीत छ– 'हुम्ला जुम्ला गाडीमा कहिले जाने हो ?' सडक पूर्वाधारले नछोएको हुम्लाको परिवेशमा लेखिएको यो गीतले भूगोलको सौन्दर्य र पुग्न नसकेको कठिनाइलाई वर्णन गरेको छ। हो त्यही सुन्दर हुम्ला आजबाट सडक सजालमा जोडिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदै छन्। कर्णाली करिडोरको खार्पुनाथ-५, मा पर्ने चुवाखोलामा बनाइएको बेलीब्रिजको उद्घाटन गर्न प्र...

बागमती सरकारका प्रवक्ता भन्छन्: ‘म सँग मन्त्रालयगत सूचना हुँदैन’

बागमती सरकारका प्रवक्ता भन्छन्: ‘म सँग मन्त्रालयगत सूचना हुँदैन’
बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रालयहरू बीच सूचना आदानप्रदानमा समन्वय हुन नसकेको बताएका छन्। प्रदेश सूचनाको हक पुनरावेदन समितिले शनिबार चितवनको सौराहामा आयोजना गरेको सूचनाको हक प्रवर्धन कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लामिछानेले बागमती सरकारको प्रवक्ता भएपनि सबै मन्त्रालयको सूचना थाहा नभएको बताएका हुन्। ‘म बागमती प्रदेश सरकार...

दलित अधिकारबारे सचेतना कार्यक्रम सञ्चालन

दलित अधिकारबारे सचेतना कार्यक्रम सञ्चालन
चन्द्र पन्दाक ताप्लेजुङ, असार २१ गते। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा दलित लक्षित सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। दलित समुदायको हक तथा अधिकारबारे प्रशिक्षित गराउन सचेतना कार्यक्रम सञ्चालन गरिएको हो। मिक्वाखोला गाउँपालिकाको सञ्चालन गरेको चार दिने दलित लक्षित सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको हो। पालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत दलित लक्षित सचेतना कार्यक्रम सञ्...

नेपाली महिला फुटबल टाेलीलाई प्रधानमन्त्रीकाे शुभकामना, ‘उज्वेकिस्तानसँगकाे खेल जित्नैपर्छ’

नेपाली महिला फुटबल टाेलीलाई प्रधानमन्त्रीकाे शुभकामना, ‘उज्वेकिस्तानसँगकाे खेल जित्नैपर्छ’
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानसँगकाे खेल नेपालले जित्नैपर्ने बताउनुभएको छ । एएफसी महिला एशियन कप छनोट २०२६ अन्तर्गत घरेलु टाेली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नुअघि नेपाली टाेलीसँग भर्चुअल माध्यममार्फत कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जीतको शुभकामना दिनुभएको हो । उहाँले आजको खेल नेपालले जित्नैपर्ने र नेपाली महिला खेलाडीहरूको मनोबल र मानसिकता पनि जित्ने किसिमको नै रह...

प्रहरी विधेयकमा प्रहरी अधिकृतहरूसँग सुझाव माग

प्रहरी विधेयकमा प्रहरी अधिकृतहरूसँग सुझाव माग
नेपाल प्रहरी ऐनलाई संशोधन तथा एकीकरण गर्न सरकारले ल्याएको विधेयकमाथि प्रहरी प्रधान कार्यालयले संगठनका अधिकृतहरूसँग राय–सुझाव मागेको छ। विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा असार ११ देखि छलफल थालिएपछि यसबारेमा प्रहरी प्रधान कार्यालयले उच्च अधिकृतहरूलाई तीन दिनभित्र राय–सुझाव पेस गर्न पत्राचार गरेको हो। प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) सम्मका अधिकृतहरूबाट विधेयक...

विधेयक सच्याउने ठाउँ छ : सभामुख

विधेयक सच्याउने ठाउँ छ : सभामुख
काठमाडौँ, असार १९ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समितिमा भएको सहमति प्रतिकूल हुने गरी प्रतिनिधि सभाबाट पारित भएको सङ्घीय निजामती विधेयक सच्याउने ठाउँ रहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’ को ५० औँ शृङ्खलामा विशेष कुराकानी गर्दै सभामुख घिमिरेले नियमित प्रक्रियाबाटै उक्त त्रुटि सच्याउने ठाउँ रहेको बताउनुभएको हो । घिमिरेले प्रतिनिधि सभाबाट पारित भएको भए पनि राष्...