आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलायो, आज साँझ संवाद हुने
उपभोक्ता अदालतको फैसलाको विरोधमा आन्दोलनरत नेपाल चिकित्सक संघलाई सरकारले वार्ताका लागि बोलाएको छ।
स्वास्थ्य सेवा ठप्प पारेर गरिएको आन्दोलन अन्त्य गर्ने विषयमा मंगलबार साँझ सरकार र संघबीच संवाद हुन लागेको हो।
प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरासिया र उद्योगमन्त्री दामोदर भण्डारी सम्मिलित सरकारी टोलीले संघका पदाधिकारीसँग वार्ता गर्नेछ।...









