भारतीय ट्रकले भत्कायो पूर्वी नवलपारीस्थित विनय खोलाको पुल, पूर्वपश्चिम यातायात ठप्प
नवलपरासी– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकामा पर्ने दुम्किवासको विनय खोलाको पुल भारतीय लहरी ट्रकको ठक्करबाट भाँचिएको छ।
भारतीय नम्बरको एनएल ०१ ए एच ५१७९ नम्बरको लहरी ट्रकले शुक्रबार साँझ साढे ५ बजे ठक्कर दिएपछि पुल भाँचिएको हो। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी जेसी शाहका अनुसार पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ।
सयौं सवारी ...









