आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण
टक्सार (भोजपुर), माघ ७ गते । ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पु¥याउने उद्देश्यले यहाँका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ ।
भोजपुर नगरपालिका–५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण दिन थालिएको हो । सुम्निमा बहुप्राविधिक शिक्षालयको आयोजनामा वडा कार्यालय र पञ्चकन्या स्वास्थ्य आमा समूह बोखिमको समन्वयमा आइतबारदेखि उद्यमशीलता विकास...









