विराटनगर– मोरङको उर्लाबारी गरपालिका–७ पश्चिम बस स्टेण्डमा झापाका एक ब्यक्तिले आइतबार बिहान आफनै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्।

झापाको दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले ‘प्रेमिकाले धोका दिएको’ आवेगमा शरीरमा आगो लगाएका हुन। पश्चिम बस स्टेण्डमा रहेको अन्नपूर्ण खाजा घर नामक होटलनजिकै थापाले शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।

उक्त होटल दमक–३ की २८ वर्षीया इन्द्र लिम्बूले सञ्चालन गर्दै आएकी छिन्। दमकबाट उर्लाबारी आएर उनले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ। बिहान करिव पौने १२ बजे भएको उक्त घट्नापछि इलाका प्रहरी कार्यालय उर्लाबारीले उनको उद्धार गरी अरनिको अस्पताल भर्ना गरेको छ।

घाइते थापाको अवस्था मध्यम छ। कपाल, घाँटी, हातलगायत शरीरका विभिन्न भागमा आगोले पोलेको चोट रहेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले भने–‘सोधपुछ गर्दा प्रेमिकाले धोका दिएकाले यस्तो गरेको भनेका छन्। थप कुरा बुझ्ने काम भइरहेको छ।’

तपाईको प्रतिक्रिया