खाना पकाउने ग्यासबाट सल्किएको आगोले खोटाङको हलेसीका तीन घरमा क्षति
खोटाङ – खोटाङको हलेसी बजारमा हिजो बेलुकी भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट बेलुकी ६ बजेतिर शुरु भएको आगो स्थानीयबासिन्दा र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ बजे निभाइएको हो ।
आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्याल...









