प्रेमीसँग छुटाउन नसकेपछि आफनै बालिका छोरीको हत्या, आमा र मामासहित ६ जनाविरुद्ध मुद्दा
विराटनगर– प्रेम सम्वन्ध छुटाउन भारतबाट विराटनगर ल्याईएकी १४ वर्षीया चाँदनी यादवको हत्या आरोपमा आमा र मामासहित परिवार र मावली पक्षका ६ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मंगलबार आमा ३९ वर्षीया राजकुमारी राय यादव र मामा ३५ वर्षीय रामबाबु मण्डलसहित ६ जनालाई प्रतिवादी बनाई ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो।
ज...









