बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ उल्लेख गर्न निर्देशन
ढाका, १ बैशाख । बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ खण्ड पुनर्स्थापित गर्न निर्देशन जारी गरिएको छ।
बंगलादेशका गृह मन्त्रालयका उपसचिव निलिमा अफरोजले हस्ताक्षर गरेको सूचनामा सो जानकारी दिइएको हो ।
अधिसूचनामा यस्तो लेखिएको छ, ‘माथिको कुरालाई ध्यानमा राख्दै, तपाइँलाई पहिले अभ्यास गरिए जस्तै, उचित प्रक्रिया पछ्याउँदै, बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ खण्ड पुनर्स्थापित गर्न आवश्यक कदम चाल्...









