हुण्डी कारोबारमा संलग्न एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले गोरखाको पालुङटार नगरपालिका–१०, बागडाँडाकी १९ वर्षीया करिना देवकोटा काठमाडौंको न्यूरोडबाट पक्राउ परेकी हुन् ।

उनको साथबाट नौ लाख रुपैयाँ नगद र छ लाखको एक थान चेक बरामद गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया