गाईघाटमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
गाईघाट– उदयपुरमा ट्याक्टरको ठक्करबाट सोमबार स्कुटर चालकको मृत्यु भएको छ।
सोमबार दिउँसो करिव १२ बजे सदरमुकाम गाईघाटको मेनचौकमा स १ त ७८२१ नम्वरको ट्याक्टरले प्रदेश १–०५–००१ प ७६८४ नम्वरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक रौतामाई गाउँपालिका–७, मुर्कुचीका ४० बर्षिय बासु खड्का घाईते भएका थिए। जिल्ला अस्पताल उदयपुर पु¥याईएका खड्काको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले ज...









