विराटनगर २२ पुस । कोशि प्रदेशको सभामुख अम्बरबहादुर बिष्टले जात र वर्गको आधारमा छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा अझै लागू हुन नसकेको बताउनु भएको छ।
आज बिराटनगरमा दलित महिला संघले आयोजना गरेको २ दिने दलित महिला सशक्तीकरण र समाबेशिकरणको सवाल बिषयक प्रदेश स्तरीय कार्यक्रममा उहाँले येस्तो बताउनु भएको हो ।
बिष्टले सरकारले दलित र गौर दलित बिचको खाडललाई पुर्न हरेक मठ मन्दिरमा दलित पूजारी राखियो भने केही हदमा विभेद अन्त्य हुने बताउनुभयो। उहाँले कानुनीकै अभाव भएर दलित वर्गको उत्थान भएको छैन, भने सरोकारवालहरु यो कुरामा सचेत भएर अगाडी बढने उहाँले जोड दिनुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी समाजमा अहिले पनि दलित र गौर दलित बिच विभेद कायमनै रहेको बताउनु भएको छ।
राजनीति ब्यवस्थाबाट ब्यवस्था परिवर्तन गर्ने छिटो र छरिटो उपाय रहेको छ। हजारौं वर्ष देखि संस्कृति र संस्कारको रुपमा जरा गाडेर रहेको बिभेदलाई तत्कालै न भइ बिस्तारै समाप्त गर्नु पर्ने बताउनुभयो। उहाँले राजनीति बाट छिटोछरितो ब्यवस्था र अवस्था परिवर्तन गर्ने सकिनेमा जोड दिनुभयो। दलित र गौर दलित शब्द हाम्रो लागि कलंक कै रुपमा रहेकोले यसलाई अन्त्य गर्न गौर दलितले भुमिका खेल्नु पर्नेमा जोड दिनुभयो।
कार्यक्रमका दलित अगुवाहरुले छुवाछूत अन्त्य गर्ने बिषय कानुनमा उल्लेख भए पनि अहिले सम्म ब्यवहारमा लागू हुन नसकेको बताउनु भयो ।
ब्यवहारमा सुधार नभए सम्म समाज र परिवारमा सुधार न आउने भएकोले सबै भन्दा पहिले विभेद र छुवाछूत ब्यवहारबाट हटाउनु पर्नेमा जोड दिनु पर्ने बताउनु भयो।
दलित महिला संघकि केन्द्रीय अध्यक्ष कला स्वर्णकारले राज्यले ब्यवस्था परिवर्तन गरे पनि दलित हरुको अवस्था परिवर्तन हुन नसकेको बताउनु भएको छ । उहाँले दलित समुदायले पनि दलितको सरकार हो भन्ने अनुभुती गर्न पाउने काम गर्न आग्रह समेत गर्नुभयो ।
सरकारले पनि दलित हरुको हकहितलाई संरक्षण गर्दै हरेक निकायमा समाबेश गर्ने खालको कानुन निर्माण गर्न आग्रह गरेको छ।





























































