आदिकविको जन्मजयन्तीमा बहुभाषिक कविगोष्ठी र सम्मान

आदिकविको जन्मजयन्तीमा बहुभाषिक कविगोष्ठी र सम्मान
विराटनगर ÷ आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित भानुकला केन्द्रले रथयात्रासहित बहुभाषिक कविगोष्ठी र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार बिहान सन्सारीमाईस्थानबाट भानुभक्त आचार्यको तस्बिरसहित रथयात्रा निकालिएको थियो । रथयात्राले विराटनगरका विभिन्न स्थानको परिक्रमापश्चात सोही स्थानमा पुगेर समापन भएको थियो । रथयात्रापछि आयोजित बहुभाषिक कविगोष्ठीमा कवि मधु पोखरेल, श...

प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आठ जना स्रष्टा पुरस्कृत

प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आठ जना स्रष्टा पुरस्कृत
विराटनगर ÷ विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले साहित्यका विभिन्न विधामा योगदान पु¥याउने ८ जना स्रष्टाहरुलाई पुरस्कृत गरेको छ । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर आइतबार विराटनगरमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्रष्टाहरुलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा ५० हजार राशिको प्रतिभा पुरस्कार वरिष्ठ कवि तीर्थ श्रेष्ठलाई समर्पण गरियो । त्यस्तै ५० हजार राशिकै दीनबन्ध...

एभरेष्ट कलेजको कविता प्रतियोगितामा सुप्रिया प्रथम

एभरेष्ट कलेजको कविता प्रतियोगितामा सुप्रिया प्रथम
विराटनगर÷ आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगरस्थित एभरेष्ट कलेजले खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदितले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा सुप्रिया रम्तेल प्रथम, सन्ध्या सिग्देल द्वितीय र सुशान्त श्रेष्ठ तृतीय भएका ...

नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा
काठमाडौं, २९ असार । नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् ।  पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको फिल्म ‘गोपी’पछि फेरि सहकार्य हुन लागेको हो । फिल्ममा हालसम्म कलाकार राज कटवाल मात्र फाइनल भएका छन् । कटवालले पछिल्लोपटक फिल्म ‘नरसिंहा अवतार’मा अभिनय गर...

प्रधानमन्त्रीवाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन

प्रधानमन्त्रीवाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गरेका छन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा  प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिंचाइ  र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता ...

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती
काठमाडौँ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक...

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन
काठमाण्डौ – पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । हिजो बेलुकी ललितपुर कुपण्डोलमा रहेको घरमा छाती दुख्यो भनेपछि उहाँलाई तुरुन्तै थापाथलीको नर्भिक अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएको केहीबेरमै उहाँको निधन भएको शर्माकी साथीसमेत रहेकी पत्रकार अमृता लम्सालले जानकारी दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत दिनुभएको जानकारी अनुसार मुटुसम्बन्धी समस्या ‘कार्डियाक अरेस्ट’बाट शर्माको नि...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ति निकालेर रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो । क्यानका अनुसार एनपीएलका आठ वटा टोलीबाट रिलिज भएका र नयाँ खेलाडीहरुले रजिस्ट्रेसन गर्न पाउने छन् । खेलाडीहरुले ‘ए’, ‘बी’ र ‘सी’ मध्ये जुनसकै श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन् । खे...

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले बङ्गलादेशसँग खेल्दै

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले बङ्गलादेशसँग खेल्दै
काठमाण्डौ – २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले आफ्नो दोश्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ । अस्ति शुक्रवार भएको खेलमा नेपालले भूटानमाथि ६–१ गोलको जीत निकाल्यो । यस्तै घरेलु टोलीले पनि आफ्नो पहिलो खेलमा शृङ्खलालाई ९–१ गालले हरायो । अङ्क तालिकामा बङ्गलादेश शीर्ष स्थानमा र नेपाल दोश्रो स...

विराटनगर प्रज्ञा प्रतिष्ठानद्वारा कविता र चित्रकला प्रतियोगिता आयोजना

विराटनगर प्रज्ञा प्रतिष्ठानद्वारा कविता र चित्रकला प्रतियोगिता आयोजना
विराटनगर ÷ आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगर प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विद्यालयस्तरीय कविता प्रतियोगितामा आदर्श माविका सिद्धार्थ ढकाल प्रथम भएका छन् । शनिबार महानगरको सभाहलमा आयोजित प्रतियोगितामा ‘कोशी प्रदेशको यात्रा’ शीर्षकको कविता वाचन गरेर उनले प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै प्रतियोगितामा ‘मेरो कथा मेरो व्यथा’ शीर्षकको कविता वाचन गरेर अरनिको स्कुल...