गाडी दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंह घाइते
काठमाण्डौ – दुई सरकारी गाडी ठोक्किएर भएको दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते हुनुभएको छ ।
गएराति साढे ९ बजेतिर जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडी र प्र ०३–००१ झ ००९६ नम्बरको गाडी ठोक्किएका हुन् ।
दुर्घटनामा घाइते हुनुभएका मन्त्री सिंहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । उहाँको अवस्था...









