ऐतिहासिक सलहेश फूलवारीमा प्रेमको प्रतीक फूल हेर्न नेपाल–भारतका भक्तजनको भिड

ऐतिहासिक सलहेश फूलवारीमा प्रेमको प्रतीक फूल हेर्न नेपाल–भारतका भक्तजनको भिड
मुकेश कुमार यादव/सिरहा, १ बैशाख। सिरहामा प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फुल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिका स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ।     पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालिका १२ र २२ नम्वर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलवारीमा आजकै दिन मात्र फुल्ने फुल दर्शन गर्...

धन्यवाद नेपाल, धन्यवाद नेपाली ः तिब्बती शरणार्थी (भिडियो)

धन्यवाद नेपाल, धन्यवाद नेपाली ः तिब्बती शरणार्थी (भिडियो)
प्रकाश श्रेष्ठ नेपालमा रहेका तिब्बती समुदायले देशविहिन भएर भौतारिएको समयमा नेपाल र नेपालीले आश्रय एवं स्नेह दिएको भन्दै ‘धन्यवाद नेपाल, धन्यवाद नेपाली’ बोलको गीत सार्वजनिक गरी आभार व्यक्त गरेका छन् । चीनले सन् १९५९ मा तिब्बत कब्जा गरेपछि आफ्नो प्राण बचाउनका लागि पितापूर्खादेखिको देश छाडेर हिँड्नुको पिडा सायद तिनै तिब्बतीले मात्र बुझ्न सक्छन् । आफ्नो देश छाडेर जीवनको लागि भौतारीएका तिब्बतीहरु अग्...

आईपीएल क्रिकेट : मुम्बईले दिल्लीलाई १२ रनले हरायो,राजस्थान बैङ्गलुरुसँग नौ विकेटले पराजित

आईपीएल क्रिकेट : मुम्बईले दिल्लीलाई १२ रनले हरायो,राजस्थान बैङ्गलुरुसँग नौ विकेटले पराजित
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको दिल्लीलाई मुम्बईले १२ रनले हराएको हो । मुम्बईले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो । दिल्लीका करुण नायरले सर्वाधिक ८९ रन बनाए । अभिषेक पोरेलले ३३ रन जोडे । मुम्बईका करन शर्माले ३ र मिचेल सा...

बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ उल्लेख गर्न निर्देशन

बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ उल्लेख गर्न निर्देशन
ढाका, १ बैशाख । बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ खण्ड पुनर्स्थापित गर्न निर्देशन जारी गरिएको छ। बंगलादेशका गृह मन्त्रालयका उपसचिव निलिमा अफरोजले हस्ताक्षर गरेको सूचनामा सो जानकारी दिइएको हो ।   अधिसूचनामा यस्तो लेखिएको छ, ‘माथिको कुरालाई ध्यानमा राख्दै, तपाइँलाई पहिले अभ्यास गरिए जस्तै, उचित प्रक्रिया पछ्याउँदै, बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ खण्ड पुनर्स्थापित गर्न आवश्यक कदम चाल्...

वीरगञ्ज महानगर क्षेत्रको ‘कर्फ्यू’ हट्यो, चारवटा नाकामा निषेधाज्ञा

वीरगञ्ज महानगर क्षेत्रको ‘कर्फ्यू’ हट्यो, चारवटा नाकामा निषेधाज्ञा
काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय पर्साले अस्ति बेलुकीदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यू हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गएराति १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिनुभयो । वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरुसँग सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा कर्फ्यू आदेश हटाउने निर्णय ...

‘आनन्द कार्की सुमधुर साँझ’ सम्पन्न, गायिका जेनिसा गौत्तम सम्मानित

‘आनन्द कार्की सुमधुर साँझ’ सम्पन्न, गायिका जेनिसा गौत्तम सम्मानित
अष्ट्रेलिया÷ ‘आनन्द कार्की सुमधुर साँझ’ अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ । बरिष्ठ गायक आनन्द कार्की अष्ट्रेलियाको ग्रान्भिलस्थित ‘रातो घर’को मञ्चमा आयोजना गरिएको हो । ‘सुमधुर साँझ’ नाम दिइएको उक्त विशेष सांगीतिक कार्यक्रम ग्रान्भिल नेपाली कम्युनिटीको आयोजनामा, युकेवी ग्रुप्सको व्यवस्थापन तथा रञ्जु वाङ्ग्ले थापाको अगुवाइमा भव्य रूपमा सम्पन्न भयो । सो अवसरमा गायक कार्कीले ‘बादल बर्षा बिजुली’, ...

युवतीको साथमा लाखौंको बिटो न्युरोडमा

युवतीको साथमा लाखौंको बिटो न्युरोडमा
हुण्डी कारोबारमा संलग्न एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले गोरखाको पालुङटार नगरपालिका–१०, बागडाँडाकी १९ वर्षीया करिना देवकोटा काठमाडौंको न्यूरोडबाट पक्राउ परेकी हुन् । उनको साथबाट नौ लाख रुपैयाँ नगद र छ लाखको एक थान चेक बरामद गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान अघि ब...

अचानक किन इजरायलले बर्खास्त गरयो १००० आफ्ना सैनिकलाई

अचानक किन इजरायलले बर्खास्त गरयो १००० आफ्ना सैनिकलाई
तेल अहिव, १ बैशाख । प्यालेस्टाइन बिरूद्दको युद्दका बारेमा प्रश्न उठाउने १००० सैनिकलाई इजरायलले हटाए पछि हल्लीखल्ली मच्चिएको छ ।   गाजा युद्धमा प्रश्न उठाउँदै उनीहरूले भनेका थिए, ‘यो युद्ध अब राजनीतिक उद्देश्यका लागि भइरहेको छ, अनाहकमा मानिसहरू मरिरहेका छन् ।’ यही कुरा नै तीनीहरूलाई मंहगो भएको छ ।   खासमा इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आफ्ना करिब १००० रिजर्व सैनिकहरूलाई बर्खास्त गरेको...

युरोपमा फैलियो खतरानाक भाइरस, तीन देशले गरे सिमानामा सिल

युरोपमा फैलियो खतरानाक भाइरस, तीन देशले गरे सिमानामा सिल
काठमाडौं, ३० चैत । युरोपेली देश हंगेरी, अस्ट्रिया र स्लोभाकियामा अहिले अराजकताको माहौल छ ।    यस्तो भाइरस यहाँ फैलिरहेको छ, जसका कारण यी देशहरूले आफ्नो सिमाना पनि सिल गरेका छन्। हंगेरीमा ५० वर्षपछि फुट एन्ड माउथ डिजिज (एफएमडी) को प्रकोप देखा परेको छ, जसले युरोपमा त्रास फैलाएको छ ।   यो रोग जनावरबाट सर्ने गर्छ । यही कारण सावधानीका रुपमा यी जनावर मारिन थालिएकोछ । यसका पछाडि केही ठूला षड्...

आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ बिकेटले बिजयी

आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ बिकेटले बिजयी
काठमाडौं, ३० चैत । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए पनि चेन्नई सुपर किंग्सको भाग्यमा कुनै बदलाव ल्याउन सकेनन् । यस सिजनमा यसअघि नै लगातार ४ खेल हारेको चेन्नईले अब पाँचौ पटक हार बेहोरेको छ। चेन्नई आफ्नो घरेलु मैदान चेपौक स्टेडियममा वर्तमान च्याम्पियन कोलकाता नाइट राइडर्ससँग ८ विकेटले लज्जास्पद हार बेहोरेको हो । यस खेलमा धोनी सहित चेन्नईको सम्पूर्ण ब्याटिङ युनिटले यो सिजनको सब...