आज घरका मठमा तुलसीको बीउ राखिँदै
काठमाण्डौ – वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल अर्थात बीउ राख्दै छन् । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।
यस दिन रोपेको बीउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई द...







