कतार जाने उडान रोकियो, यात्रुको बिचल्ली

कतार जाने उडान रोकियो, यात्रुको बिचल्ली
काठमाण्डौ – इरानले अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि काठमाण्डौबाट कतार जाने उडान रोकिएको छ । हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको छ । इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । कतारको हवाई क्षेत्र बन्द भएसँगै नेपाल एयरलाइन्सको दोहा उडानसमेत प्रभावित भएको छ । ...

आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने

आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने
काठमाडौँ, असार १० गते । प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । मङ्गलबार बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ...

आठराई त्रिवेणीको बजेट ५२ करोड ३६ लाख बढी

आठराई त्रिवेणीको बजेट ५२ करोड ३६ लाख बढी
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड ३६ लाख बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको २१औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाको प्रशासकीय केन्द्र हाङ्पाङमा आयोजित गाउँ सभामा पालिका उपाध्यक्ष शान्ता कुमारी आङ्बुहाङले ५२ करोड ३६ लाख ५४ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेटको चालु तर्...

मैवाखोला गाउँपालिकाको बजेट ४४ करोड ७१ लाख बढी

मैवाखोला गाउँपालिकाको बजेट ४४ करोड ७१ लाख बढी
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ७१ लाख बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाको प्रशासकीय केन्द्र साँघुमा आयोजित गाउँ सभामा पालिका उपाध्यक्ष कमल कुमारी वनेमले ४४ करोड ७१ लाख १६ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेट मध्ये वित्तिय समानीकरण अन...

अपाङ्गता भएका नागरिकका कार्यक्रमको बजेट कटौतीप्रति असन्तोष, महासंघले सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलन सुरु

अपाङ्गता भएका नागरिकका कार्यक्रमको बजेट कटौतीप्रति असन्तोष, महासंघले सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलन सुरु
विराटनगर, असार ९ राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश कार्यालय विराटनगरले अपाङ्गता भएका नागरिकहरूको आवास तथा पुनःस्थापना कार्यक्रमको बजेट कटौतीप्रति गम्भीर असन्तोष जनाउँदै कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले २०७८ सालदेखि सञ्चालनमा आएको स्थायी आवास पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै हालसम्मको उपलब्धि, चुनौती र आवश्यकतालाई स्पष्ट रूपमा उल्लेख गर्दै सरकारलाई औपचारिक आग्रह ग...

अभिनेता अनमोल केसीविरुद्ध मुद्दा दायर

अभिनेता अनमोल केसीविरुद्ध मुद्दा दायर
मोबाइल नम्बर दुरुपयोग कसूरमा युवा पुस्ताका चर्चित अभिनेता अनमोल केसीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । ​​​​​​ नरेन्द्रबहादुर श्रेष्ठले केसीसहित चलचित्र ‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी र चलचित्र जाँच समितिलाई विपक्षी बनाएर मुद्दा दर्ता गराएका हुन् । उक्त चलचित्रमा आफ्नो मोबाइल नम्बर प्रयोग गरिएको र त्यसमा फोन आउँदा हैरानी एंव मानसिक तनाव भएको श्रेष्...

आत्महत्या गरेकी पत्नीलाई दुबईमा मरेको देखाएर बीमा रकम ठगी गर्न खोज्ने श्रीमान् र नासु सहित ६ जना पक्राउ

आत्महत्या गरेकी पत्नीलाई दुबईमा मरेको देखाएर बीमा रकम ठगी गर्न खोज्ने श्रीमान् र नासु सहित ६ जना पक्राउ
काठमाडौँ– दुई वर्षअघि काभ्रेको धुलिखेलस्थित जंगलमा आत्महत्या गरेकी महिलालाई वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु भएको देखाइ बीमा रकम ठगी गर्ने योजनामा संलग्न ६ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतकका श्रीमान् कान्छामान थिङ, भूमिव्यवस्था अभिलेख विभागका नायब सुब्बा पशुपति अधिकारीसहित पुराना ठगी प्रकरणमा संलग्न व्यक्तिहरू पनि छन्। सीआईबीका अनुसार का...

सिंगापुरविरुद्धको खेलमा नेपालका प्रसिद्ध जैसी प्लेयर अफ द म्याच

सिंगापुरविरुद्धको खेलमा नेपालका प्रसिद्ध जैसी प्लेयर अफ द म्याच
काठमाण्डौ – एसीसी पुरुष १६ वर्षमुनिको इस्ट जोन कपअन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपालका प्रसिद्ध जैशी ‘प्लेयर अफ द म्याच’ भएका छन् । हिजो सिंगापुलाई ६ विकेटले हराएको खेलमा अर्धशतक बनाएका प्रसिद्ध ‘प्लेयर अफ द म्याच’ भएका हुन् । नेपाललाई सहज जीत दिलाउने क्रममा ओपनरका रुपमा आएका प्रसिद्धले अविजित पारी खेलेका थिए । उनले ९७ बलको सामना गरेर ५ चौकाको सहयोगमा ५५ रन बनाए । प्रसिद्धले सिंगापुरका...

चलचित्र ‘सतीदेवी’ को विशेष शो तथा कर्णाली उत्कृष्ट नारी सम्मान समारोह सम्पन्न

चलचित्र ‘सतीदेवी’ को विशेष शो तथा कर्णाली उत्कृष्ट नारी सम्मान समारोह सम्पन्न
काठमाडौँ | नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई उजागर गर्ने चलचित्र ‘सतीदेवी’ को विशेष शो तथा कर्णाली उत्कृष्ट नारी सम्मान समारोह २०८२ शनिबार सुर्खेतको बीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भयो। लक्ष्मी चलचित्र मन्दिरमा आयोजित शोमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल, प्रदेशका उर्जा मन्त्री विजया बुढा लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति...

सिङ्गापुरलाई हराउँदै नेपालकाे विजयी शुरुआत

सिङ्गापुरलाई हराउँदै नेपालकाे विजयी शुरुआत
काठमाण्डाै – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । मलेशियामा आज भएको खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले हरायो । सिङ्गापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका प्रसिद्ध जैशीले ५५, रौनक श्रीवास्तवले ४० रन बनाए । सिङ्गापुरका आकाश तेजाले ३ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ३६ ओभर १ बलमा १...