काठमाडौं, २ जेठ । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गको अभियान आजवाट सुरू हुदैँछ ।

 

बैतडीको पाटनबाट सुरू गरिने अभियानमा भाग लिनका लागि हिजो नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदुरपश्चिम पुगेका छन् ।

 

अध्यक्ष प्रचण्ड सहितका नेताहरू धनगढी, डडेलधुरा हुदैँ बैतडी पुगेका हुन् ।

 

यसअघि तराई मधेस केन्द्रित हुलाकी राजमार्गको अभियान सकेको माओवादी केन्द्रले जेठ २ वाट मध्यपहाडी लोकमार्गको अभियान सुरू गर्न लागेको हो ।
 
 

तपाईको प्रतिक्रिया