विराटनगर । कोशी प्रदेशको ऐतिहासिक महत्व र समकालीन आवश्यकता सम्बोधन गर्दै ’आगामी फागुन १५ गते बाट १७ गते सम्म ३ दिन ‘कोशी विचार उत्सव २०२५ ’ आयोजना हुने आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विना फाउण्डेसनको जनाएको । क्षेत्रीय, राष्ट्रिय, र वैदेशिक मुद्दाहरूका विषयमा खुला संवाद र सहकार्य प्रवद्र्धन गर्न यो उत्सवको आयोजना गरिनो बिना फाउण्डेसनका अध्यक्ष बरुण झा ले जानकारी दिनुभयो ।

नीति, संस्कृति, व्यवसाय व्यवस्थापन, शिक्षा, स्वास्थ्य, र वातावरणजस्ता विषयमा केन्द्रित यो वार्षिक मञ्चले विचारहरूको आदान(प्रदान र सामूहिक समाधानलाई प्राथमिकता दिनेछ। कोशी प्रदेशमा आयोजित विचार उत्सवको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विद्वान्, बुद्धिजीवी र कलाकारहरूले सांस्कृतिक र सामाजिक विकासका लागि महत्वपूर्ण छलफल हुने सो पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।

कोशी बिचार उत्सवले क्षेत्रीय संवादको दिगो मञ्चको स्थापना गर्दै सामाजिक, सांस्कृतिक, र आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्य लिएको छ । प्राकृतिक र सांस्कृतिक सम्पदाले समृद्ध कोशी प्रदेशले यो उत्सवका लागि विशिष्ट पृष्ठभूमि प्रदान गर्ने लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया