काभ्रे । सुनकोसी वाङ्मय प्रतिष्ठान पठन संस्कृति विकासतिर अग्रसर भएको छ । यहि क्रममा जिल्ला प्रहरी कार्यालय,काभ्रेलाई पुस्तक हस्तान्तरण गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालाई प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल लगायतले पुस्तकहरु हस्तान्तरण गरेका हुन् ।उक्त अबसरमा प्रमुख प्रहरी उपरीक्षक खड्काले ‘जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको नवप्रवर्तनीय कार्य “हामी पनि पढछौ”अभियानमा घुम्ती पुस्तकालय अन्तर्गत विभिन्न विधाका पुस्तकहरु संकलन गरी यस कार्यालय मातहत सम्पुर्ण प्रहरी ईकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरूको ज्ञान, बुद्दि, विवेक र आत्मस्फूर्तिमा समेत वृद्धि भई व्यवसायिक, व्यक्तिगत तथा सामाजिक जीवनलाई समेत सकारात्मक टेवा पुर्याउने उद्देश्य राखिएको” जानकारी दिनुभयो । उहाँले अभियानमा सघाउ पुर्याउने सुनकोसी वाङ्मय प्रतिष्ठान परिवारलाई धन्यवाद दिनुभयो । प्रतिष्ठानका अध्यक्ष सिलवालले घट्दो पठन संस्कृतिलाई उठाई पठन संंस्कृतिको विकास गर्नमा प्रतिष्ठानले विभिन्न अभियानहरु सञ्चालन गर्ने उद्देश्यले अघि बढ्न लागेको जानकारी दिनुभयो । पुस्तक हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पुस्तक हस्तान्तरण
