विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ को समुद्घाटन कार्यक्रम माघ १२ गते हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा माघ १२ दिउँसो १ बजे प्रदर्शनी स्थलमा समुद्घाटन हुने कार्यक्रम रहेको आयोजकले जानकारी गराएको छ ।
ुब्रिजिङ इनोभेशन तथा ईन्भेष्टमेन्टु थिम राखिएको यस वर्षको आठौँ संस्करणको एक्स्पो माघ १२ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा आयोजना हुनेछ । एक्स्पोलाई पूर्ण डिजिटल र अन्तर्राष्ट्रिय स्तरको बनाउन केही प्राविधिक विषय व्यवस्थापनका कारण समुद्घाटन एक दिन पछि सारिएको संगठनले जनाएको छ ।

युवा उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित यस पटकको एक्स्पोमा डिजिटल प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ । एक्स्पोमा उद्यम तथा व्यवसायका लागि सेन्टर फर एक्सेलेन्स, रोजगार कोशी पेभिलियन, डिजिटल प्रविधि शोकेस, प्राविधिक तालिम तथा करियर काउन्सेलिङ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ । यस्तै, स्टार्टअप हाकाथन, थिमेटिक कन्फरेन्स, फेशन शो, उद्यमशीलता माइन्डसेट सम्बन्धी कार्यशाला, लाटे आर्ट प्रतियोगिता र दैनिक सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने भएको छ ।

समुद्घाटन पछि माघ २० गतेसम्म निर्धारित सबै कार्यक्रमहरू यथावत रूपमा सञ्चालन हुने एक्स्पो संयोजक भोलेश्वर दुलालले जानकारी दिए । समुद्घाटन मिति परिवर्तनबाट प्रायोजक, साझेदार र सहभागीहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै एक्स्पो सफल पार्न सबैको सहयोगको अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया