प्रधानमन्त्रीे केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत ‘हुम्ला अब टाढा छैन’ भन्दै प्रधानमन्त्री ओलीले हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतीक्षा पूरा हुन थालेको उल्लेख गर्नुभएको छ ।
‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पुऱ्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ । यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ’- प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।