काठमाडौं — राजधानीको बीच भागमा केही समय अघि देखि नयाँ स्वाद र संगीतको संगम बनेको छ — ‘चिया संगीत’ ग्राहकलाई केवल स्वादिलो चिया मात्र होइन, साथसाथै मन छुने संगीतको पनि आनन्द दिलाइरहेको छ । काठमाडौंको ब्यस्त जीवनशैलीबीच केही समय शान्त वातावरणमा बिताउन चाहनेका लागि ‘चिया संगीत ’ नयाँ गन्तव्य बनेको छ । यस क्याफेमा नेपाली पारम्परिक दूध चियादेखि लिएर तुलसी चिया, अदुवा–चिया, ग्रीन टी, हर्बल टी र विभिन्न अन्तर्राष्ट्रिय स्वादका चियाहरू उपलब्ध छन्। क्याफेका सञ्चालक मुकेश बछावट भन्छन् — “हामीले ग्राहकलाई गुणस्तरीय चिया र सांगीतिक वातावरण सँगै दिने प्रयास गरेका छौँ। संगीतले यहाँको माहोल झनै आकर्षक बनाउँछ।“ क्याफेले स्थानीय कलाकारलाई प्रोत्साहन दिने उद्देश्यले प्रत्येक हप्ता नयाँ गायक–गायिकालाई प्रस्तुती दिने मौका दिन्छ। यस्ता लाइभ म्युजिक कार्यक्रममा संगीतप्रेमी दर्शकहरूको उपस्थिति उल्लेख्य देखिन्छ। “यो क्याफेमा गाएर आत्मविश्वास बढेको छ,“ एक स्थानीय गायकले बताए।
यहाँ पुग्ने अधिकांश ग्राहकहरूले चिया र संगीतको वातावरण, स्वाद र संगीतको तालमेलको खुलेर प्रशंसा गरेका छन्। नियमित ग्राहक कविता श्रेष्ठ भन्छिन् — “कामको थकानपछि यहाँ आएर चिया पिउँदै लाइभ संगीत सुन्ने मेरो नियमित बानी बनेको छ।“ अहिले बुद्धनगरको एपि वान टेलिभिजन नजिकै र अर्को शंखमुलमा संचालनमा रहेको छ । आगामी दिनमा यो क्याफेमा संगीत कार्यशाला, कवि गोष्ठी तथा नयाँ कलाकारहरूको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। ‘चिया संगीत’ले काठमाडौंको चियाप्रेमी र संगीतप्रेमीहरूको लागि छुट्टै पहिचान बनाइरहेको देखिन्छ। व्यस्त जीवनशैलीबीच चिया र संगीतको सम्मिश्रणमा रमाउन चाहने सबैका लागि यो चिया संगीत उपयुक्त गन्तव्य बन्न पुगेको छ । ‘चिया संगीत’लाई संचालक संदिप ज्ञवाली र श्रीधर अधिकारी सञ्चालनमा ल्याएका हुन ।