विराटनगर । नेपाली सेना वार कलेज, नगरकोटमा सञ्चालित सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिम अन्तर्गतका शिक्षार्थी महासेनानीहरुको टोलीले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर मा स्थलगत अध्ययन भ्रमण गरेको छ।
श्री नेपाली सेना वार कलेज नगरकोटका सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरुले स्थलगत भ्रमणको क्रममा प्रदेश प्रहरी कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाली सेना वार कलेज, नगरकोटका सहायक रथी लगायत कलेजमा संचालन भईरहेको सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थी महासेनानिज्यूहरुले प्रदेश प्रहरी कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ ।
अध्ययन भ्रमणको क्रममा जेठ २८ गते पाल्नु भएका सहायक रथी विष्णु कुमार खड्का सहितको समुहलाई कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक पोखरेलले स्वागत गर्नु भएको थियो । अवलोकन भ्रमणको क्रममा वहाँहरुले कोशी प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा, महिला बालबालिका सेवा केन्द्र, सामुदायिक शाखा तथा शिशु स्याहार कक्षको अवलोकन भ्रमण गर्नु भएको थियो । भ्रमण पश्चात वँहाहरुलाई प्रहरी उपरीक्षक पोखरेलले प्रदेशको शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिबिधिको अवस्था र प्रकृती, public law and order maintenance मा देखिएका चुनौतीहरु साथै नेपाल प्रहरी र अन्य सुरक्षा निकायहरु विचको समन्वयको अवस्था र अपेक्षाहरुको सम्बन्धमा प्रस्तुतिकरण राख्नु भएको थियो ।
नेपाली सेनाका हायर कमाण्ड तालिमार्थीको विराटनगर अवलोकन भ्रमण
