अष्ट्रेलियाको सिड्नीस्थित नेपालिज नर्थ शोर कम्युनिटीले आयोजना गरेको विशेष साधारण सभाबाट नयाँ कार्यकारी समिति चयन भएको छ । दुई वर्षे कार्यकाल (२०२५–२०२७)का लागि निर्वाचित समितिले समुदायको हित, नेपाली संस्कृति प्रवद्र्धन, आपसी एकता र सामाजिक सेवाका क्षेत्रमा थप सशक्त कदम चाल्ने बताइएको छ ।

समितिको सभापतिमा हिरा गिरीलगायत सबै निर्विरोध चयन भएका हुन । विगतदेखि नै समुदायका विविध सामाजिक तथा नेतृत्वदायी भूमिकामा सक्रिय गिरीको नेतृत्वमा उनको अनुभव, दूरदर्शिता र समर्पणले संस्था थप उचाइमा पुग्ने विश्वास लिइएको छ ।

३१ सदस्यीय समितिको चयन गणेश केसी, कुमार गिरी, शिशिर नेपाल, श्री नापित सहितको निर्वाचन समितिले गरेको हो । नयाँ नेतृत्वको सपथग्रहण उक्त संस्थाका पूर्व अध्यक्ष प्रेम सापकोटाले गराएका थिए ।

तपाईको प्रतिक्रिया