आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताद्वय मदनकुमार भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ । एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको के...