तीनदिन देखि सम्पर्क बिहिन भएका थवाङका सातैजना कर्मचारी सम्पर्कमा
काठमाडौँ । तीन दिनदेखि सम्पर्कविहीन भएका रोल्पास्थित थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सात जना कर्मचारी सम्पर्कमा आएका छन् । प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खापासटे शिवकुमार वली र सवारी चालक प्रदीप केसी आज सम्पर्कमा आएका हुन् ।
उनीहरूले आज बिहानै गाउँपालिका अध्यक्ष...









