गोरखादेखि काठमाडौँसम्म पदयात्रा गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै सेना
काठमाडौँ । नेपाली सेनाले गोरखादेखि काठमाडौँसम्म पदयात्रा गरेर ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।
‘गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा कार्यक्रम-२०८१’ अन्तर्गत सेनाले धादिङ, नुवाकोट हुँदै पुस २७ गते हनुमान ढोका पुगेर जंगी अड्डामा कार्यक्रम सम्पन्न गर्ने छ । त्यसका लागि सेनाले आइतबारदेखि गोरखा दरबारबाट पदयात्रा सुरु गरेको छ ।
पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपा...




