क्यानडा पठाइदिने भन्दै विराटनगरका बाबु-छोराबाट ६६ लाख ठगी, पाँच जना पक्राउ
विराटनगर - वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने बहानामा बाबु-छोराबाट लाखौं ठगेको आरोपमा प्रहरी पाँच जनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीले ठगीमा संलग्न एक भारतीय र चार जना नेपालीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो। पक्राउ पर्नेमा भारत अररिया जिल्ला जोगबनी ग्राम पञ्चायत वडा नम्बर ३ का २३ वर्षीय केशव यादव छन्।
यस्तै, अन्य पक्राउ पर्ने नेपालीमा कटहरी गाउँपालिका वडा नम्बर ३ ...









