तराईका जिल्लामा आज होली मनाइँदै
काठमाडौै । रङहरूको पर्व होली आज तराई-मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।
तराई-मधेशमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ लगाउँदै सबैलाई रसरङले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगी पर्वको रूपमा ल...









