विराटनगरमा उपप्रमुखहरुको सम्मेलन हुँदै
विराटनगर २१ जेठ । विराटनगर महानगरपालिकाले स्थानीय तहका उपप्रमुखहरुको आगामी जेठ २३ र २४ गते दुई दिने राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ ।
सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेस प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी कूल २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरुको सहभागिता रहने महानगरले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
...









