स्वास्थ्य बीमामा सुधारका लागि स्वास्थ्य मन्त्रालयद्वारा आन्तरिक कार्यदल गठन
काठमाण्डौ – स्वास्थ्य बीमामा सुधारका लागि स्वास्थ्य मन्त्रालयले आन्तरिक कार्यदल गठन गरेको छ । मन्त्री प्रदीप पौडेलले मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गर्नुभएको हो ।
कार्यदलमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा.सरोज शर्मा, निर्देशक डा.अनुप बास्तोला, कानून उपसचिव गोपीकृष्ण रेग्मी सदस्य तथा उपसचिव शालिकराम दाहाल सदस्य सचिव रहनुभएको...









