प्रेस चाैतारी माेरङद्वारा तीन पत्रकार सम्मानित

प्रेस चाैतारी माेरङद्वारा तीन पत्रकार सम्मानित
विराटनगर २२ माघ । प्रेस चौतारी नेपालकाे २७ औं स्थापना दिवसकाे अवसरमा प्रेस चाैतारी माेरङले तीन जनालाई सम्मानित गरेकाे छ । तीनै जनालाई काेशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सम्मानित गर्नुभयाे । चाैतारी मोरङले स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गरिएकाे छ । पुरस्कारको राशी १५ हजार र...

मोरङमा माघ २३ गतेदेखि एचपीभी विरुद्धको खोप लगाईने

मोरङमा माघ २३ गतेदेखि एचपीभी विरुद्धको खोप लगाईने
विराटनगर २० माघ । मोरङमा आगामी माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) विरुद्धको खोप लगाईने भएको छ । माघ २३ देखि फागुन १ गते सम्म दुई चरणमा खोप अभियान सञ्चालन हुने छ । पहिलो चरणमा माघ २३ देखि विराटनगर महानगरपालिका, मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका, ग्रामथान गाउँपालिका, बुढीगंगा गाउँपालिका र केरावारी गाउँपालिका...

पूर्वका नौ जिल्लामा यातायात बन्द, जनजीवन प्रभावित

पूर्वका नौ जिल्लामा यातायात बन्द, जनजीवन प्रभावित
इटहरी : पूर्वका नौ जिल्लामा यातायात बन्दका कारण जनजीवन प्रभावित बनेको छ । ताप्लेजुङको पाथिभरामा केबलकार बनाउन नहुने माग राख्दै सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात बन्द गरिएको हो । बन्दको प्रभावका कारण जनजीवन प्रभावित बनेको छ । यी जिल्लामा आज र भोलि यातायात बन्द गर्न आह्वान भएसँगै बन्दको प्रभाव परेको हो । मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी स...

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं, माघ २० । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।  यसको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यस हकप्रदमा बिक्री प्रबन्धक स...

एनएलजी इन्स्योरेन्सको आजदेखि ३ लाख १७ हजार कित्ता सेयर लिलामी बिक्री खुला

एनएलजी इन्स्योरेन्सको आजदेखि ३ लाख १७ हजार कित्ता सेयर लिलामी बिक्री खुला
काठमाडौं, माघ २० । एनएलजी इन्स्योरेन्सले आज आइतबार (माघ २० गते) देखि ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर रहेको छ ।   आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ । यसअघि इन्स्योरेन्सले मंसिर ११ गतेदेखि पुस १६ गत...

एलिनाले भनिन्–कसैले पनि डिभोर्स हुन्छ भनेर बिहे गरेको हुँदैन’

एलिनाले भनिन्–कसैले पनि डिभोर्स हुन्छ भनेर बिहे गरेको हुँदैन’
जिल्ला अदालत काठमाडौंमा पति विष्णु सापकोटासँग डिभोर्सका लागि मुद्दा दर्ता गरेकी गायिका एलिना चौहानले सामाजिक संजालमा लाइभ बस्दै मनको कुरा शेयर गरेकी छिन् ।  एलिनाले कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर नगर्ने भन्दै यो बिषयमा कसैलाई पनि गाली नगरिदिन आग्रह गरेकी छिन् ।  एलिनाले भनेकी छिन्–‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन । झन्, बिहे त सात जुनीका लागि हुन्छ भनेर गरेको हुन्छ के हिन्द...

धरानको पानीको समस्या तमोर नदीले गर्छ: पुर्व राष्ट्रपति भण्डारी

धरानको पानीको समस्या तमोर नदीले गर्छ: पुर्व राष्ट्रपति भण्डारी
धरान, १९ माघ । धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनु पर्ने पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीले सुझाएकी छिन्।    धरानमा नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट पानी ल्याएमा मात्र हुने बताएकी हुन्।   पानी पिउनको लागि शुद्ध तमोरको टनेलको माध्यमबाट ल्याउन सके सुनसरी, मोरङ र झापा गरि तीन जिल्लालाई पिउनसँगै र...

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुझाव हस्तान्तरण

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुझाव हस्तान्तरण
काठमाडौं, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले हालै जारी भएको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्राबधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न सुुझाव बुुझाएको छ ।   प्रधानमन्त्री निवास, बालुवाटारमा एमालेको सो विभागका प्रमुख खगराज अधिकारी र महासङ्का अध्...

क्रिप्टो करेन्सीको कारोबार गरेर तीन अर्ब ठगी, यी हुन् ‘मास्टर एजेन्ट’

क्रिप्टो करेन्सीको कारोबार गरेर तीन अर्ब ठगी, यी हुन् ‘मास्टर एजेन्ट’
काठमाडौं - अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न एक गिरोहलाई प्रहरी पक्राउ गरेको छ।  नेपालमा गैरकानुनी रहेको क्रिप्टो कारोबार तथा अनलाइन स्क्याम (ठगी) गरेको गरेको कसुरमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट  सात जनालाई पक्राउ गरेको हो।  केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय माइकल डंगौरा रहेका छन्। कैलाली बर्दगोरिया गाउँपालिका-६ घर भई हाल बुढानिलकण्ठ नगरपालि...

नेपाल एपीएफ महिला फुटबल खेलाडीलाई सम्मान

नेपाल एपीएफ महिला फुटबल खेलाडीलाई सम्मान
काठमाडौं । ‘एन्फा महिला लिग फुटवल–२०२४’को उपाधी जित्न सफल नेपाल एपीएफ क्लबका महिला फुटबल टिम तथा अफिसियललाई सम्मान गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेका हुन्। महानिरीक्षक अर्यालले नेपाल एपीएफ क्लवमा आवद्ध भई उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गरी संगठनको छवी उच्च राख्न खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरूलाई ...