अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’

अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
काठमाडौं, ३२ असार । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो । बैठकमा कुलपति ओलीले स...

कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४ औँ सभा : एक अर्ब ६८ करोड बजेट स्वीकृत

कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४ औँ सभा : एक अर्ब ६८ करोड बजेट स्वीकृत
काठमाडौँ, असार  ३१ गते। कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको  १४ औँ बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६८ करोड ९३ लाखको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. पुष्करबहादुर पालद्वारा प्रस्तुत बजेट र कार्यक्रम स्वीकृत भएको हो। विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारद...

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलंकालाई हरायो

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलंकालाई हरायो
काठमाण्डौ – २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कालाई हराएको छ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा ठूलो वर्षाका कारण निर्धारित समयभन्दा १ घन्टा ढिलो शुरू भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो । नेपालका लागि मीना देउवाले ह्याट्रिक गोल गरिन् । यस्तै पुर्णिमा राईले दुई,  समिक्षा मगर र सरिताकुमारी नाथले समान एक गोल गरे । यो जीतसँगै नेपालको ती...

यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह
काठमाडौं - देशको पश्चिम क्षेत्रमा एउटा संगठित समूहले नक्कली नोट छाप्ने, नोट बजारमा पठाउने र लागुऔषध अफिमको कारोबारसमेत गरिरहेको पत्ता लागेको छ। सुर्खेत प्रहरीले दुई दिनको अवधिमा यो समूहका पाँच जना सदस्यलाई पक्राउ गरेको छ। उनीहरूमध्ये एक जना मिडिया हाउस सञ्चालकसमेत रहेका छन्। पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका-५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, कुशे घर भई सुर्खे...

२०८२ साल असार ३२ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार ३२ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
मेष – नियमित कार्यमा पनि राम्रै जाँगर चल्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । चिताएको काम बन्नाले प्रशन्नता मिल्ला । सन्तान पक्षबाट सुख मिल्नेछ । समग्रमा अनुकूलताले भरिएको दिन छ । वृष – शुभदायी समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने देखिन्छ । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी-कमजोरीलाई पनि स...

सडक किनारैभरि ‘असारे’ फूल फुल्दा उर्लाबारीको रूप फेरियो

सडक किनारैभरि ‘असारे’ फूल फुल्दा उर्लाबारीको रूप फेरियो
उर्लाबारी । थोरै लगानी र दृढ इच्छाशक्तिले पनि गाउँ सुन्दर बनाउन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेका छन् उर्लाबारी–९ डाँडाटोलका ५८ वर्षीय हर्क थेबे। विदेशबाट परिवारले पठाएको खर्चबाट थोरै बचत गर्दै उनले तीन वर्षअघि डाँडाटोलदेखि आमबारी बजारसम्मको सडक दुवैतर्फको जमिन सम्याउने कामबाट यो रूपान्तरण सुरु गरे। करिब दुई लाख पचास हजार रुपैयाँ खर्चेर जमिन सम्याएपछि उनले आफ्नै पहलमा ‘असारे’ फूलका बिरुवा रोपे। स...

पाँच खेलको टेस्ट शृङ्खलामा भारत इङ्ग्ल्यान्डसँग २२ रनले पराजित

पाँच खेलको टेस्ट शृङ्खलामा भारत इङ्ग्ल्यान्डसँग २२ रनले पराजित
काठमाण्डौ – बेलायतको लड्समा भएको पाँच खेलको तेस्रो टेस्ट क्रिकेटको अन्तिम दिन इङ्ग्ल्यान्डले भारतलाई २२ रनले हराएको छ । भारतलाई १७० रनमा अलआउट गर्दै घरेलु टोलीले खेल जितेको हो । जीतसँगै इङ्ग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ । यसअघि बेन स्टोक्सको टोलीले भारतलाई पाँच विकेटले हराएको थियो । विदेशी भूमिमा भारतको यो दोस्रो हार हो । यसअघि टोली सन् १९७७ मा ब्...

‘राष्ट्रिय चलचित्र पुरस्कार २०७९’ घोषणा : ‘शाम्बाला’ उत्कृष्ट चलचित्र, पुरस्कारप्रति वर्षा सिवाकोटी असन्तुष्ट

‘राष्ट्रिय चलचित्र पुरस्कार २०७९’ घोषणा : ‘शाम्बाला’ उत्कृष्ट चलचित्र, पुरस्कारप्रति वर्षा सिवाकोटी असन्तुष्ट
मनोज दाहाल – नेपाली सिने जगतको सबैभन्दा प्रतिष्ठित सम्मान मानिने राष्ट्रिय चलचित्र पुरस्कार २०७९ का विजेताहरूको घोषणा भव्य समारोहका बीच गरिएको छ। नेपाली चलचित्रको सशक्त उन्नयन र योगदानलाई समेट्नेगरी घोषणा गरिएका यी पुरस्कारहरूले सिने नगरीको चर्चा फेरि एकपटक उत्कर्षमा पुर्‍याएका छन्। यस वर्ष 'शाम्बाला' चलचित्रले उत्कृष्ट चलचित्रको ताज पहिरिन सफल भयो भने यही चलचित्रका निर्देशक मीनबहादुर भाम उत्क...

चर्चित गायक अनिश लिम्बुको स्वरमा “आकाशै राम्रो जुनले“ सार्वजनिक

चर्चित गायक अनिश लिम्बुको स्वरमा “आकाशै राम्रो जुनले“ सार्वजनिक
काठमाण्डौं । नेपाली सांगीतिक क्षेत्रलाई थप रङ्गीन बनाउने प्रयासस्वरूप नयाँ गीत “आकाशै राम्रो जुनले“ सार्वजनिक भएको छ। समसामयिक भाव र परम्परागत लयलाई समेटेर बनाइएको यस गीतले श्रोता तथा दर्शकमाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ। चर्चित गायक अनिश लिम्बु र गायिका सुनिता थेगिम लिम्बुले गीतमा स्वर भरेका छन्। दुवैको भावपूर्ण आवाजले गीतको भावलाई अझ सशक्त बनाएको छ। मनिपाल राईको शब्द तथा संगीत संयोज...

शेयर बजार ३५ अङ्कले घट्याे, काराेबार रकम ८ अर्ब १७ कराेड रुपैयाँमा खुम्चियाे

शेयर बजार ३५ अङ्कले घट्याे, काराेबार रकम ८ अर्ब १७ कराेड रुपैयाँमा खुम्चियाे
काठमाण्डाै – माैद्रिक नीतिपछिकाे पहिलाे काराेबार दिन हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ०९ अङ्कले घटेर २ हजार ७ सय २५ दशमलव ७१ विन्दुमा झरेको छ । आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बैंकिङ समूहको शेयर झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ । आज सामुदायिक लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर झन्डै साढे ४ प्रतिशतले...