मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ
पर्सा, २५ वैशाख । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा धादिङ गल्छी गाउँपालिका-२ घर भएका २४ वर्षीय रोजन भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट भारततर्फ जान लागेका भुजेल र २ जना युवतीहरूलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानको क्रममा भुजेलले त...









