जलवायु न्याय र हरित अर्थतन्त्रमा युवा सहभागिताको माग
काठमाडौँ । युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग जोड्दै जलवायु परिवर्तन र सामाजिक अभियानमा सहभागीता गराउनुपर्नेमा जोड दिइएको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा मङ्गलवार राजधानीमा आयोजित “विपद्मैत्री तथा जलवायु उत्तरदायी शासनका लागि युवाको अर्थपूर्ण सहभागीता सुनिश्चित तथा प्रवद्र्धन”विषयक कार्यक्रममा सहभागी युवाहरुले त्यस्तो माग गरेका हु...









