एभरेष्टका दुई विद्यार्थीसहित कोशीबाट ६ जना राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि छनौट
विराटनगर । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि जेठ २२ र २३ हुने १४ वर्ष मुनिको राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि कोशी प्रदेशबाट ६ जना खेलाडी छनौट भएका छन् । विराटनगर–५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीहरु कृपा पोखरेल र सक्षम बस्नेत सहित श्रीश्री रबिशंकर स्कुलकी स्वस्तिका चौधरी छनौट हुनुभएको हो । सुनसरीको इटहरी रंगशालामा भएको छनौट प्रतियोगिताबाट सुनसरीका धरानका गौतम तामाङ र श्रेया सुवेदी तथा ...









