उपप्रमुखहरुको राष्ट्रिय भेला विराटनगरमा, पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने
विराटनगर २१ जेठ । विराटनगरमा देशभरीका उपप्रमुखहरुको भेला हुने भएको छ । आगामी शुक्रबार र शनिबार हुने भेलाका लागि देशभरका उपप्रमुहरुको सम्मेलनका लागि आयोजक विराटनगर महानगरपालिकाले पत्राचार गरिसकेको जनाएको छ । सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।
सम्मेलनमा देशभरिका उपप्रमुख तथा उपाध्यक्षहरुको काम, कर्तव्य र जिम्मेवारीका बारेमा छलफल हुनेछ । यस्तै कानुनले दिएको ...









